कोरोना संक्रमणबाट हुने मृत्युदर बढ्नेमा डब्लुएचओको चिन्ता

आश्विन २९, २०७७ | काठमाडौं

विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोना संक्रमणबाट हुने मृत्युदर बढ्नसक्ने भन्दै चिन्ता व्यक्त गरेको छ । संक्रमणदर तीब्ररुपमा बढ्दै जादा मृत्युदरमा समेत वृद्धि हुनसक्ने भन्दै डब्लुएचओले चिन्ता व्यक्त गरेको हो । 

पछिल्लो समय युरोपमा नयाँ संक्रमणदर दैनिक १ लाख हारहारीमा छ । बेलायत, इटली, स्वीट्जरल्याण्ड र रुसमा संक्रमण तीब्र रुपमा फैलदै गएको छ । विश्वमा अप्रिल यता दैनिक मृत्युदर ५ हजार हाराहारीमा झरेपनि पछिल्लो समय संक्रमणका गम्भिर बिरामीको संख्या बढ्दै जानु र आईसीयू भरिदै जानुले चिन्ता बढेको डब्लुएचओका प्रमुख बैज्ञाननिक सौम्या स्वामीनाथनले बताउनुभयो ।

विश्वभर हालसम्म ३ करोड ८४ लाख २६ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएकोमा १० लाख ९१ हजार २ सय ४५ जनाको मृत्यु भइसकेको छ । 


प्रतिक्रिया