सामूहिक बलात्कार गरेको आरोपमा बंगलादेशमा ५ जनालाई मृत्युदण्डको सजाय

आश्विन २९, २०७७

बंगलादेशको एक अदालतले सन् २०१२ मा एक १५ वर्षिया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा ५ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । बंगलादेशको उत्तरी क्षेत्रमा रहेको तेङगेल्बी जिल्लामा महिला र बालिबालिकामाथि भएको दुव्र्यबहारको मुद्धा हेर्ने विशेष अदालतद्वारा यस्तो सजाय सुनाइएको अलजजीराले जनाएको छ । 

पीडितका प्रेमीसंगै अन्य दुईजनाले उनीमाथि बलात्कार गरेको जिल्ला अधिवक्ताई उद्यृत गर्दै समाचार संस्था एफपीले उल्लेख गरेको छ । घटनामा संलग्न पाँचैजनालाई दोषी ठहर्‍याएर मृत्युदण्डको सजाय सनाइएको अदालतले स्पष्ट पारेको छ । बंगलादेशमा यसैसाता बलात्कारी विरुद्ध मृत्युदण्डको व्यवस्थापछि यो पहिलो सजाय सुनाइएको हो ।  


प्रतिक्रिया