फ्रान्समा संक्रमित एकै दिन ३० हजारले बढे

आश्विन ३०, २०७७ | काठमाडौं

फ्रान्समा एकै दिन ३० हजार ६ सय २१ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमण बढ्दै जादा पेरिस र अन्य ८ वटा शहरमा रात्रिकालिन कर्फ्यू लगाइएको छ । 

दोश्रो लहरमा संक्रमण तीब्र रुपमा फैलन थालेपछि मानिसको जीवनरक्षाका लागि कडा प्रतिबन्ध लगाउनु आवश्यक रहेको विश्व स्वास्थ्य संगठन डब्लुएचओले जनाएको छ । संक्रमणको दोश्रो लहरलाई ध्यानमा राखेर युरोपमा नयाँ मापदण्ड पालना गर्नुपर्ने देखिएको छ । 

फ्रान्ससँगै इटली, पोल्याण्ड र जर्मनीमा पनि संक्रमण तीब्र रुपमा फैलन थालेको छ । युरोपमा पछिल्लो समय दैनिक एक हजारभन्दा बढी मानिसले संक्रमणका कारण ज्यान गुमाएको भन्दै डब्लुएचओले यसविरुद्ध तत्काल कारवाही आवश्यक रहेको जनाएको छ । 


प्रतिक्रिया