कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ लाख नाघ्यो

कार्तिक १, २०७७ | काठमाडौं

विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ लाख नाघेको छ । हालसम्म ११ लाख १ हजार ६ सय ९२ जनाले संक्रमणबाट ज्यान गुमाइसकेको जोन हप्किन्स विश्वविद्यालयले उल्लेख गरेको छ ।

 सबैभन्दा बढी अमेरिकामा २ लाख १८ हजार ४ सय ५५ जनाको मृत्यु भएको छ । यस्तै, ब्रजिलमा १ लाख ५२ हजार ४ सय ६० र भारतमा १ लाख १२ हजार १ सय ६१ जनाले ज्यान गुमाएका छन् । पछिल्लो समय संक्रमण वृद्धिदर पुन: बढ्दै गएको छ । अमेरिकामा मात्र संक्रमण पुष्टि हुनेको संख्या ८० लाख नाघेको छ । 

यस्तै, भारतमा ७३ लाख ७० हजार, ब्रजिलमा ५१ लाख ६९ हजार र रुसमा १३ लाख ६१ हजार बढीमा संक्रमण पुष्टि भएको छ । योसंगै विश्वभर हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ करोड ९१ लाख ८६ हजार नाघेको छ । 


प्रतिक्रिया