अमेरिकामा हालसम्मकै उच्च अर्ली भोटिङ

कार्तिक १, २०७७ | काठमाडौं

अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आगामी नोभेम्बर ३ मा हुने निर्वाचन अगाडीको मतदान, अर्ली भोटिङ हालसम्मकै उच्च भएको छ । 

शुक्रबारसम्ममा २ करोड २० लाख मानिसले मतदान गरिसकेको अमेरिकाको निर्वाचन आयोजनाले जनाएको छ । यसअघि सन् २०१६ मा भएको मतदानमा ६० लाखले मात्र अर्ली भोटिङ गरेका थिए । 

कोरोना संक्रमणको महामारीका अर्ली भोटिङ गर्नेको संख्या बढेको विज्ञहरु बताउँछन् । हालसम्मको अवस्था हेर्दा यो बर्षको राष्ट्रपतीय निर्वाचनमा १५ करोडले मतदान गर्ने अनुमान गरिएको छ ।                       


प्रतिक्रिया