नागोर्नो काराबाख क्षेत्रमा नयाँ सहमति समेत उल्लंघन

कार्तिक २, २०७७ | काठमाडौं

विवादास्पद नागोर्नो काराबाख क्षेत्रमा युद्धबिरामको नयाँ सहमति लागु भएलगत्तै पुन: झडप भएको छ । अजरबैजानले सहमति उल्लंघन गरेको आरोप अर्मेनियाले लगाएको छ । 

स्थानीय सहमतिअनुसार मध्यरातबाट सहमति लागू भएको २ मिनेट नवित्दै अजरबैजानले रकेट र तोप प्रहार गरेको आरोप अर्मेनियाको छ । यसअघि गत साता पनि दुवै मुलुकले युद्धबिराम सहमति गरेपछि युद्ध जारी थियो । पूरानै सहमतिलाई आधार बनाएर नयाँ सहमति गरिएको हो । 

अजरबैजानको भनेर अन्तर्राष्ट्रिय मान्यता पाएको नागोर्नो काराबाख क्षेत्रमा अर्मेनियाको जातीय समुहले नियन्त्रण जमाउँदै आएको छ । सो स्थानमा पछिल्लो समय जारी युद्धमा सयौंले ज्यान गुमाइसकेका छन् ।


प्रतिक्रिया