कोभिड–१९ विरुद्धको मानवीय चुनौती अध्ययन गर्दै बेलायत

कार्तिक ४, २०७७ | काठमाडौं

कोभिड–१९ विरुद्धको मानवीय चुनौती अध्ययन गर्ने पहिलो राष्ट्र बन्ने तरखरमा बेलायत छ । कोरोनाको खोप विकासका लागि भन्दै गर्न लागिएको अध्ययनमा ९० जना स्वस्थ व्यक्तिलाई जानजान कोभिड संक्रमितको सम्पर्कमा ल्याइने छ । 

यस्तो परीक्षण आगामी जनवरीमा गरिने र त्यसबाट खोपको विकासमा मद्दत पुग्ने बीबीसीले उल्लेख गरेको छ । यस्तो कार्यका लागि बेलायत सरकारले ३ करोड ३६ लाख पाउण्ड खर्च गर्ने भएको छ । 

तर, यस्तो परीक्षणमा स्वस्थ व्यक्तिहरुको स्वास्थ्य सुरक्षा सबै भन्दा प्राथमिक हुनुपर्ने सुझाव विज्ञहरुले दिएका छन् । यस्तो योजना नियामकर्ताहरुको स्वीकृतिपछि मात्रै अघि बढ्न सक्ने पनि समाचारमा उल्लेख छ । 

खोप विकासका लागि मानव चुनौती अध्ययन सबैभन्दा द्रुत तरिका मानिन्छ । किनकी यसमा स्वस्थ मानिस प्राकृतिक रुपमा रोगको सम्पर्कमा पुगिरहनु पर्ने आवश्यक्ता पर्दैन । 


प्रतिक्रिया