अमेरिकी निर्वाचनमा धाँधली भएको छैन: महान्यायाधीवक्ता

मंसिर १७, २०७७ | काठमाडौं

निर्वाचनमा धाँधली भएको वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पको आरोप निराधार रहेको अमेरिकाका महान्यायाधीवक्ता विलियम बारले बताउनुभएको छ । कानुन विभागले गरेको छानविनमा ट्रम्पको आरोप पुष्टि गर्ने कुनै प्रमाण फेला नपरेको उहाँले बताउनुभयो ।

महान्यायाधीवक्ताको यो भनाईले निर्वाचनमा पराजय स्वीकार नगरेका राष्ट्रपति ट्रम्पलाई ठूलो झड्का पुग्नसक्ने बीबीसीले उल्लेख गरेको छ । जो बाइडेनको पक्षमा चुनावी परणाम आएपछि राष्ट्रपति ट्रम्प र उहाँको चुनावी अभियानले निर्वाचनमा धाँधली भएको भन्दै छानविनका लागि कानुनी लडाईं लडिरहेको छ । 

निर्वाचनबाट आगामी राष्ट्रपतिमा विजयी बाइडेनको पक्षमा ३ सय ६ इलेक्ट्रोरल मत परेको छ । ट्रम्पको पक्षमा भने २ सय ३२ इलेक्ट्रोरल मत परेको छ । त्यस्तै बाइडेनले ट्रम्पभन्दा ६२ लाख बढी लोकप्रिय मत पाउनुभएको छ । निर्वाचन भएको दिन गत नोभेम्बर ३ देखि नै राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको तथा बाइडेनले निर्वाचन जित्नका लागि अन्तर्राष्ट्रिय सहायता लिएको आरोप लगाउदै आउनुभएको छ । 


प्रतिक्रिया