केन्याका सरकारी अस्पतालमा कार्यरत चिकित्सकद्वारा देशव्यापी हड्ताल घोषणा

पुस ६, २०७७

पुर्वी अफ्रिकन मूलुक केन्याका सरकारी अस्पतालमा कार्यरत चिकित्सकले देशव्यापी हड्ताल शुरु गरेका छन् । 

विमा सुरक्षा र सुरक्षात्मक सामग्री पीपीई पर्याप्त नरहेको भन्दै उनीहरुले देशव्यापी हड्ताल गरेको अलजजीराले जनाएको छ । केन्य मेडिकल प्राक्टिसनर्स, फार्मासिस्ट र दन्त चिकित्सक संघले माइक्रोब्लगिङ साइट ट्वीटर मार्फत हड्तालको घोषणा गरेका हुन् । 

विगत ८ महिनादेखि आफूहरुले विमा सुरक्षा र पीपीई माग गर्दा पनि सरकारले बेवास्ता गरेको उनीहरुको आरोप छ । केन्या सरकारले स्वास्थ्यकर्मीहरुको हित, सुरक्षा र स्वास्थ्यलाई बेवास्ता गरेको उनीहरुको भनाई छ । 


प्रतिक्रिया