नाइजेरियामा कोभिड १९ को नयाँ भाइरस भेटियो

पुस १०, २०७७

अफ्रिकी मूलुक नाइजेरियामा पनि कोभिड १९ को नयाँ खालको परिवर्तित स्वरुप भेटिएको छ । कोभिड १९ को परिवर्तित स्वरुप फेला परेसंगै अफ्रिकाको रोग नियन्त्रण निकायले थप अनुसन्धान आवश्यक रहेको औंल्याएको छ । बेलायत र दक्षिण अफ्रिकामा देखिएको कोभिड १९ को नयाँ स्वरुप भन्दा फरक रुप देखा परेको अफ्रिकाको रोग नियन्त्रण र रोकथाम केन्द्रका प्रमुख जोन नेकेन सोंगलाई उद्यृत गर्दै अलजजीराले जनाएको छ । 

कोभिड १९ को परिवर्तित स्वरुप भेटिएसंगै अफ्रिकी मूलुकहरुको बढी जनसंख्या रहेको स्थानमा नमूना परीक्षण गरेर थप विश्लेषण गर्ने पनि सोंगले उल्लेख गर्नु भएको छ । नाइजेरियाको ओसन राज्यमा अगस्त ३ र अक्टुबर ९ मा दुई जना बिरामीमा गरिएको नमूना परीक्षणमा सो भाइरस पत्ता लागेको हो ।

नाइजेरिया र दक्षिण अफ्रिकामा कोभिड १९ को वृद्धिदर तीब्र बनेको छ । यसअघि गत साता गरिएको परीक्षणमा नाइजेयिामा ५२ र दक्षिण अफ्रिकामा ४० प्रतिशत कोभिड १९ को प्रसार दर बढेको अफ्रिकाको रोग नियन्त्रण र रोकथाम केन्द्रका प्रमुख जोन नेकेन सोंगले बताउनु भएको थियो ।

बेलायत र दक्षिण अफ्रिकामा देखिएको कोभिड १९ परिवर्तित स्वरुपको भाइरसभन्दा नाइजेरियामा फरक खालको भाइरस भेटिएपछि यसले विश्वस्तरमा नयाँ महामारी निम्तन सक्ने तर्फ विज्ञरुले औंल्याएका छन् । अन्तराष्ट्रियस्तरमा विदाको मौसम शुरु भएसंगै देखिएको कोभिडको नयाँ स्वरुप थप भयावह हुन सक्ने उनीहरुको भनाई छ । 


प्रतिक्रिया