इयु आबद्ध मूलुकद्वारा कोभिड १९ विरुद्धको खोप दिन समन्वयात्मक प्रयास शुरु

पुस १२, २०७७

इयु आबद्ध मूलुकले आफ्ना नागरिकलाई कोभिड १९ विरुद्धको खोप दिन समन्वयात्मक प्रयास शुरु गरेका छन् । इयु आवद्ध विभिन्न मुलुकमा कोभिड १९ को परिवर्तित स्वरुप देखा परेपछि ४५ करोड जनसंख्यालाई कोभिड १९ विरुद्धको खोप लगाउन समन्वयात्मक प्रयास शुरु गरिएको हो ।

 पछिल्लो समय बेलायत, जापान, स्पेन, फ्रान्स, दक्षिण अफ्रिका, नाइजेरिया लगायतका मूलुकमा कोभिड १९ को नयाँ स्वरुप देखा परेको भन्दै विश्वस्तरमा चिन्ताको विषय बनेको छ । कोभिड १९ को परिवर्तित स्वरुप ७० प्रतिशत बढी प्रसार हुन सक्ने विभिन्न अध्ययनहरुले पुष्टि गरिसकेका छन् ।

 विश्वमा ८ करोड ४ लाख ३१ हजार ७ सय ४८ जनामा कोभिड १९ संक्रमण पुष्टि भइसकेको छ । भने कोभिड १९ कै कारण १७ लाख ५९ हजार ३ सय ५८ जनाको ज्यान गइसकेको छ ।  


प्रतिक्रिया