चीनका एक पत्रकारलाई ४ वर्षको जेल सजाय

पुस १३, २०७७

कोरोना भाइरस उत्पत्तिबारे समाचार लेख्ने चीनका एक जना पत्रकारलाई ४ वर्षको जेल सजाय तोकिएको छ । आफुले लेखेको समाचारका कारण भ्रम फैलिएको प्रति पश्चाताप गरेकी पत्रकार जाङ जानलाई जेल सजाय तोकिएको बीबीसीले जनाएको छ । पूर्व कानुन व्यवसायी समेत रहेकी ३७ वर्षिया ती पत्रकारलाई गत मे मा प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरी नियन्त्रण पश्चात भोक हडतालमा रहेकी उनको अवस्था नाजुक बन्दै गएको उनको वकिलले बताएका छन् । 

वुहानमा कोरोना संक्रमणबारे रिपोर्टिङ गरेर समस्यामा पर्ने पत्रकार मध्ये जान पनि एक हुन् । सरकारी अनुमति बिना चीनमा कुनै पनि मिडिया वा संस्थाले संक्रमणको अवस्थाबारे सार्वजनिक गर्न नपाउने व्यवस्था छ । पत्रकार जाङ गत फेब्रुअरीमा स्वतन्त्र रुपमा रिर्पोटिङका लागि वुहान पुगेकी थिइन । सामाजिक संजालमा उनले गरेको रिपोर्टिङको धेरै शेयर भएपछि चीनका अधिकारीका लागि चुनौतीको विषय बनेको थियो । 


प्रतिक्रिया