इन्डोनेसियाले आफ्नो मुलुक प्रवेश गर्ने सबै नाका बन्द गर्ने

पुस १४, २०७७ | काठमाडौं

इन्डोनेसियाले आफ्नो मुलुक प्रवेश गर्ने हवाई सेवा सहित सबै नाका बन्द गर्ने निर्णय गरेको छ । जनवरी १ बाट लागू हुनेगरी दुई साताका लागि नाका प्रवेशमा रोक लगाइएको सरकारी अधिकारीलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ । 

विश्वका विभिन्न मुलुकहरुमा परिवर्तित कोरोना भाइरस देखा पर्न थालेपछि अस्थायी रुपमा नाका बन्द गरिएको इन्डोनेसियाकाविदेशमन्त्री रेट्नो मार्सुदीले बताउनुभयो । डिसेम्बर ३१ सम्म इन्डोनेसिया आउनेहरुले पनि ४८ घण्टा अघि गरिएको पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट प्रस्तुत गर्नुपर्ने उल्लेख गरिएको छ । 


प्रतिक्रिया