सन् २०२० मा विश्वभर कुल ५० पत्रकारको हत्या

पुस १४, २०७७ | काठमाडौं

सन् २०२० मा विश्वभर कुल ५० पत्रकारको हत्या भएको एक प्रतिवेदनले देखाएको छ । रिपोर्टस् विथआउट बोर्डरले आज सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा अधिकांश हत्याका घटना द्वन्द्वग्रस्त वा शान्ति स्थापनाका लागि प्रयासरस मुलुकमा भएको उल्लेख छ । मारिएका मध्ये भ्रष्ट्राचार सम्बन्धमा खोज सहित कलम चलाएका १० पत्रकार छन् । 

अपराध सम्बन्धमा लेख्ने ४ पत्रकार मारिएका छन् भने ७ पत्रकारको विभिन्न चरणमा भएका प्रदर्शनको रिपोर्टटिङका क्रममा मृत्यु भएको जनाइएको छ । ३ जना पत्रकारलाई टाउकोमा गोली हानि मारिएको र नाइजेरियामा हिंसात्मक द्वन्द्वका क्रममा २ जना मारिएको जनाइएको छ । मारिएका अन्य पत्रकारहरु पनि मूलत: द्वन्द्ध, भ्रष्ट्राचार, संगठित अपराध, लगायतका विषयमा खोज पत्रकारिता गर्नेहरु बढीरहेको प्रतिवेदनले जनाएको छ । पत्रकार हत्यामध्ये ८४ प्रतिशत घटना नियोजित र योजनाबद्ध रुपमा भएको प्रतिवेदनले देखाएको छ । 

 सन् २०१९ मा सो दर ६३ प्रतिशत रहेको थियो । रिपोर्टस् विथआउट बोर्डरका प्रधान सम्पादक पौलिन अडेस मेभेलका अनुसार सबैभन्दा धेरै मेक्सिकोका ८ जना पत्रकार मारिएका छन् । विशेषत लागू औषध ओसार पसार र राजनीतिक घटनासँग जोडेर उनीहरुको हत्या भएको हो । शान्ति वार्तामा प्रयासरत अफगानिस्तानमा एक वर्षको अवधिमा भएका कुल हत्यामध्ये दुई तिहाइ पत्रकार हत्याका घटना रहेका छन् । द्वन्द्वका क्रममा त्यहाँ ५ जना पत्रकारको हत्या भएको छ ।

 यस्तै फिलिपिन्स र होन्डुरसमा पनि ३/३ जना, भारतमा ४ जना पत्रकारको हत्या भएको प्रतिवेदनमा जनाइएको छ । त्यसबाहेक सिरिया यमन, इराक, पाकिस्तान, मध्य पूर्वी राष्ट्रहरु, उत्तर अमेरिका, अमेरिकाज र एसिया प्रशान्त क्षेत्रमा पनि पत्रकारको हत्या भएको प्रतिवेदनमा उल्लेख छ । यद्यपि यो संख्या गत वर्षको भन्दा केही कम हो । गत वर्ष ५३ जना पत्रकारको हत्या भएको थियो । कोरोना भाइरसको महामारीका कारण सो संख्या कम भएको संस्थाले जनाएको छ ।


प्रतिक्रिया