अमेरिकी निर्वाचन नतिजा : संसदमा बाइडेन र ह्यारिसको जीत प्रमाणित

पुस २३, २०७७ | काठमाडौं

अमेरिकाको संसदको संयुक्त बैठकले जो बाइडन र कमला ह्यारिसको गत नोभेम्बरमा भएको जितलाई प्रमाणित गरेको छ । मतगणनापछि उपराष्ट्रपति माइक पेन्सले बाइडनले ३ सय ६ र ट्रम्पले २ सय ३२ इलेक्टोरल मत प्राप्त गरेको घोषणा गर्नुभएको हो । 

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुन २ सय ७० इलेक्टोरल मत आवश्यक पर्छ । संसद्मा एरिजोना र पेन्सिल्भेनियाको इलेक्टोरल मतलाई लिएर रिपब्लिकनले चुनौती दिएको भए पनि ती दुई तिहाइले पारित हुन सकेनन् । संसद्को बैठकपछि डोनल्ड ट्रम्पले विज्ञप्ति जारी गर्दै यही महिनाको २० तारिखमा शान्तिपूर्ण रुपमा कार्यभार हस्तान्तरण गर्ने उल्लेख गर्नुभएको छ ।

 यद्यपी निर्वाचनमा धाँधली भएको आरोप उहाँको छ । उहाँले भन्नुभएको छ, म यो निर्वाचनको नतिजाप्रति पूर्ण रूपमा असहमत भए पनि जनवरी २० मा शान्तिपूर्ण हस्तान्तरण हुनेछ । ट्वीटरले ट्रम्पको खाता केही समयको लागि बन्द गरेपछि उहाँले आफ्नो प्रवक्ताको टवीटरमार्फत सो सन्देश दिनुभएको बीबीसीले जनाएको छ ।  


प्रतिक्रिया