ट्रम्पमाथि महाअभियोगको प्रक्रिया शुरु

पुस २७, २०७७

अमेरिकाको प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीले राष्ट्रपति डोनल्ड ट्रम्पमाथि महाअभियोगको प्रक्रिया अगाडि बढाउनु भएको छ । राष्ट्रपति ट्रम्पको उक्साहटमा गतसाता क्यापिटल बिल्डिङमा दंगा भड्किए लगत्तै संवैधानिक अधिकार प्रयोग गरी कारवाही गर्न उपराष्ट्रपति माइक पेन्सलाई पेलेसीले आग्रह गर्नुभएको थियो । 

स्थानीय समयअनुसार, सोमबार पेलोसी नेतृत्वको टोलीले संविधानमा २५ औं संशोधनका लागि उपराष्ट्रपति र मन्त्रिपरिषदका अधिकारीहरु समक्ष मतदानको तयारी गरेको छ । सो मतदानबाट राष्ट्रपतिलाई हटाउन नसके अमेरिकाको सिनेटमा मंगलबार अन्तिम मतदानको तयारी रहेको अलजजिराले उल्लेख गरेको छ । सत्ता हस्तान्तरण गर्नुअघि राष्ट्रपति ट्रम्पले प्रजातन्त्रमाथि नै धावा बोलेका कारण तत्काल कारवाही प्रक्रिया अगाडि बढाउनु पर्ने पेलोसीको भनाई छ । नवनिर्वाचित राष्ट्रपति बाइडेनले जनवरी २० मा पदभार सम्हाल्नु हुनेछ ।

गत साता भएको प्रदर्शनका क्रममा दंगा भड्किदा ५ जनाको मृत्यु भएको थियो भने ८० बढीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 


प्रतिक्रिया