कोरोनाको यो बर्ष थप कठिनपूर्ण हुने डब्लुएचओको चेतावनी

माघ १, २०७७ | काठमाडौं

कोरोना भाईरस महामारीको यो दोश्रो बर्ष थप कठिनपूर्ण हुनसक्ने विश्व स्वास्थ्य संगठन डब्लुएचओले चेतावनी दिएको छ ।

विशेषगरी उत्तरी गोलाद्र्धमा चिसो पनि बढिरहेको र भाइरसको नयाँ स्वरुप फैलने क्रममा आएको तीब्रताका कारण अवस्था थप कठिनपूर्ण हुने देखिएको डब्लुएचओले जनाएको छ । 

डब्लुएचओका उच्च अधिकारी माइक रायनले भन्नुभयो, 'भाइरस फैलिएको दोश्रो बर्षमा प्रवेश गरेका छौं, यसको स्वरुप र फैलने क्रममा आएको भिन्नताले अवस्था थप जटिल बन्ने सम्भावना छ ।'

 डब्लुएचओको कोभिड १९ सम्बन्धी प्राविधिक प्रमुख मारिया भान केर्भोखले कुनै मुलुकमा अवस्थामा सुधार आउनुपूर्व नै थप खराब हुने सम्भावना रहेको बताउनुभयो । विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २० लाख नजिक पुगेको छ भने ९ करोड २२ लाख बढी संक्रमित भएका छन् । 


प्रतिक्रिया