कोरोना भाइरस भइसकेका मानिसमा कम्तीमा ५ महिनासम्म पुन: संक्रमणको जोखिम नरहने

रेडियो कान्तिपुर संवाददाता

माघ १, २०७७ | काठमाडौं

एक पटक कोरोना भाइरस भइसकेका अधिकांश मानिसमा कम्तीमा पनि ५ महिनासम्म पुन: संक्रमणको जोखिम नरहने एक अध्ययनले देखाएको छ । 

 कोरोनाभाइरस सङ्क्रमण हुने सम्भावना कहिल्यै सङ्क्रमण नभएका व्यक्तिको तुलनामा एक पटक सङ्क्रमित भएका व्यक्तिलाई ८३ प्रतिशतले कम हुने विज्ञहरुले  पत्ता लगाएका छन्।

पब्लिक हेल्थ अफ इंग्ल्याण्डले कोभिडपछिको प्रतिरक्षा प्रणालीका सम्बन्धमा अध्ययन गर्दा सो तथ्य फेला परेको बीबीसीले उल्लेख गरेको हो । यद्यपी यो शत प्रतिशत मानिसमा लागू नहुने र केही मानिस पुन: संक्रमित हुन सक्ने विज्ञहरुले जनाएका छन् । 

 उनीहरुले संक्रमणमुक्त भइसकेपछि पनि भौतिक दुरी लगायत स्वास्थ्य मापदण्ड भने अपनाउनुपर्नेमा जोड दिएका छन् । यसबारे थप अध्ययनका लागि स्वास्थ्य क्षेत्रमा कर्मचारीलाई १२ महिनासम्म निरन्तर अवलोकनमा राखिने जनाइएको छ ।  


प्रतिक्रिया