राष्ट्रपति पार्कलाई २० वर्षको जेल सजाय

माघ १, २०७७

दक्षिण कोरियाको एक उच्च अदालतले भ्रष्टचार मुद्दामा दोषी ठहर गर्दै पूर्व राष्ट्रपति पार्क ग्युन हाईलाई २० वर्षको जेल सजाय सुनाएको छ । 

अदालतले पार्कलाई ३० वर्षको कैद सजाय सुनाए पनि सत्तारुढ दलले सजाय घटाउन अपिल गरेपछि १० वर्ष सजाय कम गरेर अन्तिम फैसला गरेको बीबीसीले उल्लेख गरेको छ । 

पूर्व राष्ट्रपति पार्कले शक्ति र सत्ताको दुरुपयोग गरेर राज्यको ढुकुटीमाथि भ्रष्टाचार गरेको भन्दै सन् २०१७ मा अभियोग लागेको थियो । पार्क दक्षिण कोरियामा प्रजातान्त्रिक तवरले राष्ट्रपतिको पदमा चुनिने पहिलो व्यक्ति हुनुहन्थ्यो । 


प्रतिक्रिया