फ्रान्समा जारी रात्रीकालिन कर्फ्यूमा थप कडाई गरिने

माघ २, २०७७ | काठमाडौं

कोरोना संक्रमण तीव्र बन्दै गएपछि फ्रान्समा डिसेम्बरदेखि जारी रात्रीकालिन कर्फ्यूमा थप कडाई गरिने घोषणा गरिएको छ । फ्रान्सका प्रधानमन्त्री जीन केसटेक्सले फ्रान्समा राष्ट्रव्यापी रुपमा लागू गरिएको रात्रीकालिन कर्फ्यूको स्वरुपमा परिवर्तन गरिएको जानकारी दिनुभएको हो । हाल राति ८ बजेदेखि बिहान ६ बजेसम्म जारी कर्फ्यूको अवधि बढाइएर अब साँझ ६ बजेदेखि नै लगाउन लागिएको हो । 

यो नियम स्थानीय समयअनुसार शनिबार साँझबाट लागू हुनेछ । नयाँ नियम कम्तिमा १५ दिनसम्म जारी हुने जनाइएको छ । विदेशबाट प्रवेश गर्नेहरुका लागि पनि नयाँ नियमको घोषणा गरिएको छ । जसअनुसार इयूभन्दा बाहिरबाट आउनेहरुले आफ्नो उडानभन्दा ७२ घण्टा अघि परीक्षण गरेको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्नेछ । साथै उनीहरुले सात दिनसम्म आइसोलेशनमा बस्नु पर्नेछ । 


प्रतिक्रिया