अफ्गानिस्तानमा अमेरिकी सैनिक २५ सय मा झारियो

माघ ३, २०७७ | काठमाडौं

अमेरिकाले अफ्गानिस्तानमा तैनाथ आफ्ना सैनिकको संख्या घटाएर २ हजार ५ सयमा झारेको छ । यो सन् २००१ मा अमेरिकी सैनिकलाई अफ्गानिस्तानमा तैनाथ गरेयताकै न्यून हो । 

गत नोभेम्बरमा राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले जनवरीको मध्यसम्ममा आफ्गानिस्तानमा रहेका ४ हजार ५ सय सैनिकको संख्या घटाएर २ हजार ५ सय पुर्‍याउने घोषणा गरेको थियो । यो बर्षको मेसम्ममा अफ्गानिस्तानमा अमेरिकी सैनिकको संख्या शुन्यमा पुर्‍याउने त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ । 

यद्यपी आगामी बुधबार राष्ट्रपतिको पदभार सम्हाल्ने जो बाईडेनले आफ्गानिस्तानलाई लिएर कुनै किसिमको धारणा हालसम्म सार्वजनिक गर्नुभएको छैन । 

सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतंकवादी आक्रमणपछि अमेरिकाले अलकायदाविरुद्धको कारवाहीका लागि भन्दै आफ्ना सैनिक तैनाथ गरेको थियो । सन् २०११ मा सबैभन्दा बढी १ लाखको संख्यामा अमेरिकी सैनिक अफ्गानिस्तानमा तैनाथ थिए ।


प्रतिक्रिया