भारतमा कोरोना भाइरसबिरुद्धको खोप लगाएका मध्ये ५१ जनालाई साईड इफेक्ट

माघ ४, २०७७ | काठमाडौं

भारतमा कोरोना भाइरसबिरुद्धको खोप लगाएका मध्ये ५१ जनालाई साईड इफेक्ट देखिएको छ । उनीहरुमध्ये केहीको अवस्था गम्भीर छ । दिल्लीका स्वास्थ्य मन्त्री सत्येन्दर जैनकाअनुसार, केहीको अवस्था गम्भीर छ । दिल्लीमा करीब ४ हजार जना स्वास्थ्यकर्मीले खोप लगाएका थिए । भारतभर हिजो १ लाख ९१ जनालाई खोप लगाइएको थियो ।

 समग्र मुलुकभर खोपको प्रभाव कस्तो रह्यो भन्ने बारे पूर्ण विवरण आएको छैन । भारतमा हिजोबाट बृहत खोप अभियान सुरु भएको हो । पुणेस्थित सिरम इन्स्टिच्युट अफ इन्डियाद्वारा निर्मित अक्सफोर्ड–एस्ट्राजेनेकाको कोभिसिल्ड तथा भारत बायोटेकको कोभ्याक्सिन लगाउन सुरु गरिएको हो । ती खोप ६० प्रतिशतमाथि प्रभावकारी रहेको जनाइएको छ । 


प्रतिक्रिया