अफगानिस्तानमा दुई महिला न्यायाधीशको गोली हानी हत्या

रेडियो कान्तिपुर संवाददाता

माघ ४, २०७७ | काठमाडौं

अफगानिस्तानको राजधानी काबूलस्थित सर्वोच्च अदालतका दुई महिला न्यायाधीशको गोली हानी हत्या भएको छ । सरकारी सवारीमा अदालत गइरहेको समय सो आक्रमण भएको सर्वोच्चका प्रवक्ता अहमद फाहिम क्वाइमले जानकारी दिनुभएको छ । दुवै न्यायधिशको मृत्यु भएपनि सवारी चालक भने सकुशल रहेको जनाइएको छ । 

आक्रमणको जिम्मेवारी कसैले लिएको छैन । अफगानिस्तानका न्यायलयमा २ सय भन्दा बढी महिला न्यायाधीश कार्यरत छन् । अफगानिस्तानको सर्वोच्च अदालतमा यसअघि सन् २०१७ को फेब्रुअरीमा पनि आक्रमण गरिएको थियो । सो आक्रमणमा कम्तीमा २० जना को मृत्यु हुनुका साथै ४१ जना घाइते भएका थिए । अफगानिस्तानमा जारी हिंसा अन्त्य गर्न सरकार र मुख्य विद्रोही तालिबान समूहबीच शान्ति वार्ता भइरहे पनि व्यक्ति हतयाको क्रम भने रोकिएको छैन । 


प्रतिक्रिया