अमेरिका प्रवेशका लागि हजारौं आप्रवासी सीमातर्फ

माघ ४, २०७७ | काठमाडौं

अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको सपथ ग्रहण नजिकिँदै गर्दा हजारौं आप्रवासी अमेरिकाको सीमा क्षेत्रतर्फ अघि बढेका छन् । होण्डुरसबाट ग्वाटेमालातिर ७ देखि ८ हजारभन्दा बढी आप्रबासीको लर्को अमेरिका प्रवेश गर्ने आशासहित अघि बढेको न्यूर्योक टाइम्स्ले जनाएको छ ।

 यसअघि नवनिर्वाचित राष्ट्रपति बाइडेनले सीमा सुरक्षा र अध्यागमन लगायतका क्षेत्रमा ट्रम्प प्रशासनले ल्याएका नीतिहरु उल्टाउने प्रतिबद्धता जनाउनुभएको थियो । सीमा क्षेत्रमा एसाइलम खोज्नेल मेक्सिकोमा प्रतिक्षा गर्नुपर्ने ट्रम्प प्रशासनको नीतिलाई पनि बाइडेन प्रशासनले खारेज गर्ने अपेक्षा गरिएको छ । यसअघि ट्रम्प प्रशासनले एसाइलमलाई दूरुत्साहन गर्दै विभिन्न नीतिको घोषणा गरेको छ ।

 जुन बाइडेन प्रशासनमा आएपछि उल्टने अपेक्षा गरिएको छ । यद्यपी अमेरिकातर्फ अघि बढेको सो भीडलाई ग्वाटेमाला र मेक्सिको सरकारले रोक्न सक्ने न्यूयोर्क टाइम्स्ले उल्लेख गरेको छ ।  


प्रतिक्रिया