सामसुङका अध्यक्षलाई २ वर्षको जेल सजाय

माघ ५, २०७७

सामसुङका मुख्य लगानीकर्ता तथा उपाध्यक्ष ई छोङ योङलाई साढे दुई वर्षको जेल सजाय भएको छ । दक्षिण कोरियास्थित उच्च अदालतले आफ्नो कम्पनीलाई फाइदा पुर्‍याउन घूस दिएकोमा दोषी ठहर गर्दै आज उनलाई जेल सजाय सुनाएको हो ।

 सन् २०१४ मा बुबा सामसुङ कम्पनीका अध्यक्ष ई कोन हुई विरामी भएपछि नै योङले कम्पनीको नेतृत्व गर्दै आएका थिए । गत वर्ष अक्टोबरमा हुईको निधन भएको थियो । उनलाई सन् २०१७ को फेबु्रअरीमा पार्क ग्युन हे राष्ट्रपति हुँदा सामसुङलाई फाइदा पुर्‍याउन ३० अर्ब वन भन्दा बढी घुस दिएको आरोपमा पक्राउ गरिएको थियो । उनलाई जिल्ला अदालतले पाँच वर्ष जेल साजाए सुनाएको भए पनि सन् २०१८ मा उच्च अदालतले सजाय कम गर्दै जेलमुक्त गरेको थियो । 

सामसुङ कम्पनीमा कोरिया भरि मात्रै ३ लाख भन्दा बढी मानिसहरु प्रत्यक्ष रुपमा काम गर्छन् । कम्पनीले कोरियाली अर्थतन्त्रको २० प्रतिशत कर्पोरेट कर तिर्ने स्थानीय अंग्रजी दैनिक कोरिया हेराल्डले लेखेको छ । कोरियामा रहेका व्यापारिक संघसंस्थाले कोरियाको अर्थतन्त्रमा असर गर्ने भन्दै उच्च अदालतको फैसलाप्रति असन्तुष्टि जनाएका छन् । उनीहरुले आजै उच्च उदालतमा ईको रिहाइको माग गर्दै निवेदन दर्ता गरेका छन् ।


प्रतिक्रिया