इटालीका प्रधानमन्त्री कोन्टेलाई विश्वासको मत प्राप्त

माघ ६, २०७७ | काठमाडौं

इटालीका प्रधानमन्त्री गिउसेप कोन्टेले सदनमा विश्वासको मत प्राप्त गर्नुभएको छ । इटलीको तल्लो सदनमा भएको मतदानमा कोन्टेले विश्वासको मत हासिल गरेको बीबीसीले उल्लेख गरेको छ । तल्लो सदनका कुल सांसदमध्ये ३ सय २१ जनाले प्रधानमन्त्रीको पक्षमा मतदान गरेको थिए भने विपक्षमा २ सय ५९ मत परेको थियो ।

 मतदानमा अन्य २७ जना अनुपस्थित थिए । कोन्टेलाई पदमुक्त गर्नका लागि पूर्व प्रधानमन्त्री माटिओ रेन्जी नेतृत्वको भिभा पार्टीले कोन्टेविरुद्ध तल्लो सदनमा अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । कोरोना नियन्त्रणमा असफल भएको र कोन्टेले ल्याएको कोरोनापछि आगामी आर्थिक सुधारको रणनीतिप्रति असन्तुष्टि जनाउँदै विपक्षीले उहाँको राजीनामा माग गर्दै आएका छन् । 


प्रतिक्रिया