बेलायतमा बेरोजगारी दर ५ वर्ष यताकै उच्च

माघ १३, २०७७ | काठमाडौं

कोरोना भाइरस संक्रमण जोखिम नियन्त्रणका लागि भन्दै दोस्रो पटक लगाइएको लकडाउनका कारण बेलायतमा बेरोजगारी दर ५ वर्ष यताकै उच्च भएको पाइएको छ । पछिल्लो ३ महिनाको अवधीमा सो अनुपातले बेरोजगारी दर बढेको रोयटर्सले जनाएको छ । 

गत डिसेम्बरमा संक्रमण केही मत्थर हुँदा लकडाउन खुकुलो पारिएपनि नयाँ स्वरुपको संत्रवमण देखिएपछि पुन लकडाउन लगाउँदा विद्यालय, मुख्य व्यापारिक प्रतिष्ठान बन्द गरिएको छ । जसका कारण ८ लाख २८ हजार जना कर्मचारीको रोजगार बिहीन बस्नुपरेको जनाइएको छ । अधिकांश श्रम बजार पर्ख र हेरको अवस्थामा रहेकाले सो समस्या निम्तिएको अर्थविदहरुले विश्लेषण गरेका छन् ।

 संक्रमणका कारण रोजगारी गुमाएका २४ लाख जनालाई सरकारले राहत प्याकेज वितरण गरिरहको छ । गत मेमा रोजगारी गुमाउनेको संख्या ८९ लाख थियो । बेलायतले गत अप्रिल देखी डिसेम्बरसम्म ६३ अर्ब डलरको राहत प्याकेज खर्च गरिसकेको छ ।   


प्रतिक्रिया