खोप अभाव पुर्तिका लागि ईयु र एस्ट्राजेनिकाले संयुक्त पहल गर्ने

माघ १५, २०७७ | काठमाडौं

कोरोना भाइरस संक्रमण विरुद्धको खोप अभाव पुर्तिका लागि युरोपियन युनियन ईयु र एस्ट्राजेनिकाले संयुक्त पहल गर्ने भएका छन् । खोप अभाव समस्या समाधानका लागि दुबै पक्ष अगाडी बढ्ने तयारी गरेको बीबीसीले जनाएको छ । आगामी मार्चसम्ममा एस्ट्राजेनिकाले ३० करोड डोज खोप ईयुलाई दिने गरि गत अगस्टमा सम्झौता गरेको थियो ।

 तर पर्याप्त उत्पादन गर्न नसकेका कारण एस्ट्राजेनिकाले १० करोड डोज मात्र उपलब्ध गराउन सक्ने जनाउँदै आएको छ । ईयुले भने तत्काल २ करोड ५० लाख डोज खोप उपलब्ध गराउन एस्ट्राजेनिकालाई ताकेता गरिरहेको छ । बेलायती मन्त्रीमण्डलका सदस्य माइकल गोभले खोप उत्पादन हुने चरणमा रहेको र पर्याप्त उपलब्ध हुन समय लाग्ने बताउनुभएको छ । 

खोप उत्पादन गर्ने प्लान्टमा समस्या आएका कारण ढिलासुस्ती भएको तथा सो मामिलामा बेलायती सरकारको कुनै हस्तक्षेप नभएको मन्त्री गोभले बताउनुभयो । आफ्ना ४० करोड ५० लाख जनसंख्यालाई खोप उपलब्ध गराउन नसकेको भन्दै ईयु आलोचित बन्दै आएको छ । तथापी ईयुले एस्ट्राजेनिका खोप आगामी सातासम्म प्रयोगका लागि स्वीकृति दिने तयारी गरेको छ । 


प्रतिक्रिया