म्यानमारमा सैन्य कू : सूचीविरुद्ध दर्जनौँ अभियोग

माघ २१, २०७७ | काठमाडौं

म्यानमारमा सैन्य कूपश्चात नेतृ आङ सान सूचीविरुद्ध प्रहरीले दर्जनौँ अभियोग लगाएको छ । सूचीमाथि आयात निर्यातसम्बन्धि कानूनहरु उल्लंघन गरेको, गैरकानूनी रुपमा सञ्चार यन्त्रको स्वामित्व राखेको लगायतका अभियोग लगाइएको बीबीसीले उल्लेख गरेको छ । सूचीलाई फब्रेुअरी १५ सम्मका लागि हिरासतमा राखिएको छ ।

 सूचीलाई कहाँ राखिएको भन्ने स्पष्ट छैन यद्यपी उनकै निवासमा नजरबन्दमा राखिएको हुनसक्ने बीबीसीले उल्लेख गरेको छ । यस्तै राष्ट्रपति विन माइन्टमाथि पनि कोरोना महामारीका समयमा विभिन्न नियम उल्लंघन सम्बन्धि अभियोग दर्ता गरेको छ । सूची लगायत राजनीतिक दलका नेताहरुलालई नियन्त्रणमा लिँदै गत सोमबार सेनाले कू गरी सत्ता हातमा लिएको थियो । सेनाले मन्त्रिपरिषद्भन्दा माथि रहने गरी आफ्ना प्रमुख नेतृत्वमा सर्वोच्च परिषद् गठन गरेको छ । 

यसैबीच सैन्य कुप्रति आपत्ति जनाउँदै संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले जारी गर्न लागेको विज्ञप्तिमा चीनले रोक लगाएको छ । मंगलबार बसेको बैठकमा चीन विपक्षमा उत्रिएपछि म्यानमारको सैन्य कू बिरुद्ध परिषद्ले कुनै औपचारिक धारणा तय गर्न सकेन । सुरक्षा परिषद्को स्थायी सदस्यका रुपमा चीनसँग भिटो प्रयोग गर्न सक्ने अधिकारसम्म हुने भएकोले वतव्यका लागि चीनको सहमति अपरिहार्य हुन्छ । सैन्य कूका विरुद्धमा अन्तर्राष्ट्रिय समुदाय नै एक भएका बेला चीनले भने अवरोध गरेको हो । सैन्य कूको विरोधमा चिकित्सक र स्वास्थ्यकर्मीहरु समेत काम ठप्प पारी प्रदर्शनमा उत्रिएका छन् । सर्वसाधारणले पनि सडकमा उत्रेर कू का विरुद्ध विरोध प्रदर्शन गरेका छन् ।  


प्रतिक्रिया