फाइजरले ३० प्रतिशत कम खोप मात्रै दिएको भन्दै इयू असन्तुष्ट

फाल्गुन ५, २०७७ | काठमाडौं

अमेरिकाको औषधी निर्माता कम्पनी फाइजरले आफूहरुसँगको सहमति अनुसार कोरोना विरुद्धको खोप उपलब्ध नगराएको भन्दै यूरोपेली यूनियन इयूले आपत्ति जनाएको छ । गत साता फाइजर र जर्मनी कम्पनी बायोएनटेकले संयुक्त रुपमा विकास गरेको खोपको २ करोड ३० लाख डोज खोप उपलब्ध गराएको थियो । 

तर त्यो सहमति गरेको भन्दा ३० प्रतिशत कम भएको इयूले जनाएको छ । फाइजरले अझैं १ करोड डोज उपलब्ध गराउन बाँकी रहेको इयूले जनाएको छ । फाइजरले गरेको ढिलाइलाई इयूले गैरजिम्मेवार रबैयाको संज्ञा दिएको छ ।  


प्रतिक्रिया