अमेरिका औपचारिक रुपमा पेरिस सम्झौतामा फर्कियो

फाल्गुन ८, २०७७ | काठमाडौं

अमेरिका औपचारिक रुपमा जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौतामा फर्किएको छ । यसअघि तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले औपचारिक रुपमा सम्झौताबाट बाहिर हुने घोषणा गर्नुभएको थियो । झण्डै एक महिना अघि बाइडेनले राष्ट्रपतिको जिम्मेवारी सम्हाले लगत्तै संयुक्त राष्ट्रसंघलाई अमेरिका पेरिस सम्झौतामा फर्किन चाहेको बताउनुभएको थियो । 

त्यसको एक महिनापछि सम्झौतामा फर्केको औपचारिक घोषणा गरिएको हो । राष्ट्रपति राष्ट्रपति बाइडेनले अमेरिकालाई विश्वव्यापी गम्भीर समस्याका रुपमा रहेको जलवायु परिवर्तनको प्रभाव न्यूनिकरण गर्ने सम्बन्धी महत्वपूर्ण सम्झौतासँग अमेरिकालाई पुन जोडेको बताउनुभयो । अमेरिकाले अबको तीन दशकमा कार्बन उत्सर्जनमा भारी कटौती गर्ने जनाएको छ । 

 अमेरिकाको पछिल्लो कदमलाई अन्तर्राष्ट्रिय समुदायले प्रशंसा गरेका छन् । सन् २०१५ मा भएको सो सम्झौतामा विश्वका करीब २ सय राष्ट्रले हस्ताक्षर गरेका छन् ।   


प्रतिक्रिया