सामाजिक सञ्जाल र विद्युतीय सामाग्री नियमनका लागि भारतले नयाँ कानुन ल्याउने

फाल्गुन १३, २०७७ | काठमाडौं

भारतले सामाजिक सञ्जाल र विद्युतीय सामाग्री नियमनका लागि नयाँ कानुन ल्याउने भएको छ । केन्द्रीय कानून मन्त्री रविशंकर प्रसादले आज आयोजित पत्रकार सम्मेलनमा आगामी तीन महिनाभित्र नयाँ कानूनलाई कार्यन्वयनमा ल्याउने घोषणा गर्नुभयो । 

 सामाजिक सञ्जालले भारतमा राम्रो विजनेश गरेको तर आफ्नो जिम्मेवारी भने बिर्सिएको भन्दै कानून मन्त्री प्रसादले त्यसका लागि कानूनी संयन्त्र निर्माण गर्न लागेको उहाँको भनाई छ । 

सर्वोच्च अदालतले सामाजिक सञ्जाललाई लिएर एउटा गाइडलाइन बनाउन भनेपछि सरकारले नयाँ कानून ल्याउन लागेको हो । पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढेको भन्दै सामाजिक सञ्जाल कम्पनीहरुले त्यस्ता दुरुपयोग निरुत्साहित गर्न जिम्मेवारी पनि ग्रहण गर्नुपर्ने मन्त्री प्रसादको भनाई छ । सामाजिक सञ्जालले आफ्नो जिम्मेवारी निर्वाह नगरे आइटी एक्ट लगाएर कारबाही हुने उहाँले बताउनुभयो । 


प्रतिक्रिया