कोरोना भाइरस खोपको पासपोर्ट बनाउन ईयू राष्ट्रलाई आग्रह

फाल्गुन १४, २०७७ | काठमाडौं

ग्रिस र अष्ट्रियाले कोरोना भाइरस विरुद्धको खोप लगाउनेका लागि विशेष पासपोर्टको व्यवस्था गर्न युरोपेली युनियन ईयू आवद्ध मुलुकहरुलाई आग्रह गरेका छन् । 

कोरोनाका कारण थलिएको पर्यटन उद्योगलाई पूनर्जीवन दिन यो व्यवस्थाले मद्धत गर्ने उनीहरुको दाबी छ । पासपोर्ट भएका व्यक्तिलाई ईयू आवद्ध मुलुकमा निर्वाध घुम्ने अनुमति प्रादान गर्न सकिने जनाइएको छ । इयू नेताहरुबीच भएको भर्चुअल बैठकमा सो प्रस्ताव पेश गरिएको हो । 

२७ राष्ट्रमध्ये केही मुलुकले भने सो प्रस्तावप्रति आपत्ति जनाएका थिए । खोप लगाएका सीमित व्यक्तिलाई मात्र यात्रा अनुमति प्रदान गर्दा विभेद हुने कतिपयको तर्क छ । ग्रिसले खोप लगाएका व्यक्तिलाई डिजटल प्रमाणपत्र जारी गर्दै आएको छ । इजरेलमा पनि सो व्यवस्था छ । डेनमार्क र स्वीडेनले पनि सो प्रणाली विकास गर्ने प्रक्रिया शुरु गरेको छ ।  


प्रतिक्रिया