व्यापारीद्वारा भारत बन्द आह्वान

फाल्गुन १४, २०७७ | काठमाडौं

वस्तु तथा सेवासम्बन्धी कर, इन्धनको मुल्यवृद्धि तथा इ–वे बिलसम्बन्धी नयाँ कानुनको बिरोध गर्दै विभिन्न व्यापारिक संगठनले आज भारत बन्द आह्वान गरेका छन् । 

अखिल भारतीय व्यापारी परिसंघ सिएआईटीको आह्वानमा करिब ४० हजार व्यापारिक संगठनले गरेको बन्दका कारण सम्पूर्ण, बजारपसल, उद्योग तथा यातायात सेवा प्रभावित भएको छ । ती संगठनमा ८ करोड व्यापारी आबद्ध छन् । 

सडक परिवहन क्षेत्रको सर्वोच्च संस्था अल इण्डिया ट्रान्स्पोर्ट वेलफेयर एशोसिएशनले पनि बन्दमा समर्थन गर्दै विहान ६ बजेदेखि राती ८ बजेसम्म चक्काजाम गर्ने जनाएको छ । बन्दका आह्वानकर्ताले कुनै पनि सेवाको बुकिङका साथै ई–बिलिङ समेत प्रभावित पारेका छन् । 

चार्टर्ड एकाउन्टेन्स र कर अधिवक्ताहरुको संगठनले पनि हड्तालको समर्थन गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आज कुनै पनि व्यापारीले जीएसटी पोर्टलमा लग–इन नगर्ने भएका छन् । 


प्रतिक्रिया