नाइजेरियामा ३ सय बढी छात्रा अपहरणमा

फाल्गुन १५, २०७७ | काठमाडौं

नाइजेरियाको उत्तर पश्चिमी जाम्फारा राज्यको जाङ्गेबेस्थित एउटा नीजि विद्यालयबाट ३ सय बढी छात्रा अपहरणमा परेका छन् । विद्यालयबाट अपहरण गरी उनीहरुलाई जंगलतर्फ लगेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । 

बन्दुक लगायत हतियारसहित विद्यालय पुगेको अपहरण गर्ने समुहको पहिचान खुलेको छैन । नाइजेरियामा सशस्त्र समुहले फिरौतीका लागि विद्यार्थीहरुलाई अपहरण गर्दै आएको छ ।

राष्ट्रपति मोहम्मद बुहारीले अपहरणको भत्र्सना गर्दै यो अमानवीय र अस्वीकार्य घटना भएको बताउनुभएको छ । ठूलो फिरौती पाउने प्रलोभनमा स–साना विद्यार्थीलाई लक्षित बनाउने कोही कसैको शिकार प्रशासन नबन्ने उहाँले बताउनुभयो । अपहरणमा परेकालाई सुरक्षित रुपमा स्वतन्त्र गराउन कुनै कसर बाँकी नराख्ने उहाँको भनाई थियो । 


प्रतिक्रिया