म्यानमारमा प्रदर्शन : प्रहरीको गोलीले १८ जनाको मृत्यु

फाल्गुन १६, २०७७ | काठमाडौं

सैन्य कू विरुद्ध म्यानमारमा जारी प्रदर्शनमा प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा १८ जना प्रदर्शनकारीको मृत्यु भएको छ । पछिल्लो समय सुरक्षाकर्मी थप कठोर बनेपनि म्यानमारका बिभिन्न स्थानमा जारी प्रदर्शनमा जनसहभागीता भने थप बढ्दै गएको छ ।

 म्यानमारमा फेब्रुअरी १ मा सेनाले सत्या आफ्नो हातमा लिएयता दैनिक जसो प्रदर्शन हुँदै आएको भएपनि आजको प्रदर्शन भने अहिलेसम्मकै व्यापक रहेको बीबीसीले उल्लेख गरेको छ । यांगुन, दावेइ र मनडाले लगायत शहरमा सेनाको विरोध गर्दै आएका प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले दर्जनौं राउण्ड गोली चलाएको थियो । अश्रुग्यास, रबरका गोली, पानीका फोहोरा स्टन ग्रिनेड लगायत प्रयोग गर्दा पनि भीड नहटेपछि प्रहरीले गोली चलाएको बीबीसीले उल्लेख गरेको छ । यसअघि पनि प्रदर्शनका क्रममा २ जनाको मृत्यु भएको थियो ।

 म्यानमारका बिभिन्न शहरमा आज दिनभरजसो नै प्रहरी र प्रदर्शनकारीबीच बारम्बार झडप भए । पछिल्ला प्रदर्शन हिंसात्मक बनेपछि संयमता अपनाउन सरोकारवालाले सैनिक सरकार र प्रदर्शनकारीलाई आग्रह गर्दै आएको छ । 


प्रतिक्रिया