अमेरिकाको जर्जियामा भएको गोली प्रहारमा ६ एसियाली महिलासहित ८ महिलाको मृत्यु

चैत्र ४, २०७७ | काठमाडौं

अमेरिकाको जर्जीयाका विभिन्न तीन स्थानमा एक संदिग्धले अन्धाधुन्ध गोली प्रहार गर्दा ६ एसियाली महिलासहित ८ महिलाको मृत्यु भएको छ । जर्जिया प्रहरीका अनुसार गोली प्रहारबाट एट्लान्टाको उत्तरी क्षेत्रमा रहेको एक मसाज पार्लरमा ४ जना र एटलान्टाकै अन्य दुई स्पामा थप ४ जनाको मृत्यु भएको हो ।

 मारिएका मध्ये ४ जना दक्षिण कोरियाली रहेको दक्षिण कोरियाले पुष्टि गरेको छ । तीनै घटनामा संलग्न रहेको आशंकामा प्रहरीले २१ वर्षिय रोबर्ट आरोन लङलाई पक्राउ गरेको छ । यद्यपी घटनाबारे थप अनुसन्धान जारी छ । आक्रमणको उद्देश्य भने अझै खुलेको छैन । अमेरिकामा कोभिड–१९ को महामारी पछि एसियाली मुलका व्यक्तिहरु लक्षित आक्रमण निकै बढेको छन् । 

एसियाली मूलका मानिसहरुलाई स्थानीय केहीले भाइरस फैलाएको आरोप लगाउँदै घृणाप्रेरित आक्रमण गर्ने गरेको बीबीसीले उल्लेख गरेको छ । 


प्रतिक्रिया