म्यानमारमा सैन्य 'कू' विरुद्ध जारी प्रदर्शनका क्रममा दुई पत्रकार पक्राउ

चैत्र ६, २०७७ | काठमाडौं

म्यानमारमा सैन्य कू विरुद्ध जारी प्रदर्शनका क्रममा दुई जना पत्रकार समातिएका छन् । प्रदर्शनका क्रममा राजधानी नेपित: स्थित एक अदालत अगाडी समाचार संलन गरिरहेका बीबीसीका पत्रकार आङ् थुरा पक्राउ परेका हुन् । उनीसँगै स्थानीय सञ्चार निकाय मिजिमाका पत्रकार थान आङ् पनि पक्राउ परेका छन्। 

नम्बर नखुलेको भ्यानमा सादा पोशाकमा आएका पुरुषले उनीहरुलाई आफ्नो साथमा लगेको र त्यस यता उनीहरुसँग सम्पर्क गर्न नसकिएको बीबीसीले उल्लेख गरेको छ । घटनाप्रति आपत्ति जनाउँदै बीबीसीले म्यानमारस्थित आफ्ना कर्मचारीको सुरक्षाको माग गर्दै विज्ञप्ति जारी गरेको छ । 

विज्ञप्तिमा पत्रकार थुरा सहित अर्का पत्रकारको अवस्था तत्काल सार्वजनिक गर्न पनि भनिएको छ । गत फेब्रुअरी पहिलो सातामा सेनाले कू गरे यता १६ पत्रकार क्रिाउ परेका छन् भने अन्य ५ सञ्चार गृहको अनुमति खारेज भएको छ । यसैबीच आजै मात्रै म्यानमारको आङवान शहरमा भएको प्रदर्शनका क्रममा ८ जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ ।  


प्रतिक्रिया