पाकिस्तानका प्रधानमन्त्री इमरान कोरोना संक्रमित

चैत्र ७, २०७७ | काठमाडौं

पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ । प्रधानमन्त्री खानका विशेष सल्लााहकार फैजल सुल्तानले आज भएको पीसीआर परिक्षणका क्रममा प्रधानमन्त्री खानलाई संक्रमण देखिएको जानकारी दिनुभएको बीबीसीले उल्लेख गरेको छ ।

खानले दुई दिन अघि मात्रै चीनले उत्पादन गरेको कोरोना विरुद्धको खोप लगाउनुभएको थियो । ६८ वर्षीय खान आफ्नै निवासमा सेल्फ आइसोलेशनमा रहेको सुल्तानले बताउनुभएको छ । पाकिस्तानमा पछिल्लो महिना यता संक्रमण तीव्र बन्दै गएपछि आंशिक लकडाउन गरिएको छ । ६ लाख १५ हजार बढीमा संक्रमण पुष्टि भएको पाकिस्तानमा संक्रमणकै कारण १३ हजार बढीको ज्यान गइसकेको छ । 


प्रतिक्रिया