पाकिस्तानस्थित आफ्ना नागरिकहरुलाई स्वदेश फर्कन फ्रान्सको आग्रह

वैशाख २, २०७८ | काठमाडौं

फ्रान्सले पाकिस्तानस्थित आफ्ना नागरिकहरुलाई स्वदेश फर्कन आग्रह गरेको छ । पाकिस्तानस्थित फ्रान्सेली दूताबासले पछिल्लो समय फ्रान्स विरोध हिंसात्मक घटना बढ्दै गएपछि सो आग्रह गरेको बीबीसीले जनाएको छ । 

 पाकिस्तानमा रहेका फ्रान्सेली कम्पनी र नागरिकहरु गम्भीर खतरामा रहेको भन्दै दूताबासले अस्थायी रुपमा तत्काल पाकिस्तान छोड्न भनेको हो । 

 पाकिस्तान सरकारले निरन्तर हिंस्रक गतिविधी गर्दै आएको तहरीक–ए लब्बैक पार्टीमाथि प्रतिबन्ध लगाएको २४ घण्टा नबित्दै फ्रान्सेली दूताबासले सो आग्रह गरेको हो । दूताबासलाई पाकिस्तानमा फ्रान्सेली लक्षित घटनामा तहरीक–ए लब्बैक पार्टीसहित कट्टरपन्थीइस्लामिक समूहलाई दोषी मान्दै आएको छ ।  


प्रतिक्रिया