अफ्गानिस्तानमा कार बम बिस्फोट हुँदा ३० जना मारिए

वैशाख १८, २०७८ | काठमाडौं

अफ्गानिस्तानको लागार प्रान्तस्थित पुले–आलममा कार बम बिस्फोट हुँदा ३० जनाको मृत्यु भएको छ । ९० बढी घाइते भएका छन् । 

मृत्यु हुनेमा उच्च माध्यमिक तहक केही विद्यार्थी समेत रहेको बीबीसीले उल्लेख गरेको छ । प्रवेशिका परीक्षाको तयारीलागि विद्यार्थी बसेको एउटा गेष्टहाउसनजिक बिस्फोट भएको हो । अ

स्पताल तथा आवासीय क्षेत्रका समेत गरी बिस्फोटबाट केही भवनहरुमा पनि क्षति पुगेको बीबीसीले उलेख गरेको छ । बिस्फोटको जिम्मा हालसम्म कसैले लिएको छैन । 

अमेरिकी राष्ट्रपति जो बाइडनले आगामी सेप्टेम्बर ११ बाट अफ्गानिस्तानमा रहेका आफ्ना सबै सैनिक फिर्ता लैजाने बताएपछि त्यहाँ हिंसा बढेको छ । 


प्रतिक्रिया