भारतमा कोरोनाविरुद्धको खोप अभाव

वैशाख १८, २०७८ | काठमाडौं

कोरोना भाइरस महामारीको हटस्पट बनेको भारतमा संक्रमणविरुद्धको खोपको अभाव भएको छ । विश्वकै ठूलो औषधी निर्माता मलुकमा संक्रमणदर तीब्र बनेपछि खोपको अभाव छाएको हो । संक्रमितका लागि औषधी र अक्सिजनको समेत चरम अभाव छ ।

विश्वकै सवैभन्दा ठूलो खोप निर्माता कम्पनी सिरम इन्स्टिच्यूटले जुलाईसम्ममा २५ करोड जनसंख्यालाई पुग्ने गरी खोप वितरण गर्ने महत्वकांक्षी लक्ष्य लिएको थियो । विश्व स्वास्थ्य संगठन डब्लुएचओ नेतृत्वको खोप अभियानअन्तर्गत उसले अन्य मुलुकलाई समेत खोप निर्यात गरेको थियो । तर ३ महिनायता भारतमा संक्रमणदर पुन: बढ्न थालेपछि पर्याप्त खोप उत्पादन र वितरणमा वाधा पुगेको छ । 

१ अर्ब ४० करोड जनसंख्या रहेको भारतमा हालसम्म करिब २ करोड ६० लाखले दुवै डोजको खोप लगाइसकेका छन् । १२ करोड ४० लाखले खोपको पहिलो डोज मात्र लगाएका छन् । भारत सरकारले मुलुकभित्रै खोप अभाव शुरु भएपछि निर्यात रोकेको छ । 


प्रतिक्रिया