अन्तरिक्षयात्री सकुशल पृथ्वीमा अवतरण

वैशाख १९, २०७८ | काठमाडौं

स्पेस एक्स ड्रागन मार्फत ४ अन्तरिक्ष यात्री आज पृथ्वीमा अवतरण गरेका छन् । गत नोभेम्बरमा अन्तरिक्षमा गएका मिचेल, हप्किन्स, भिक्टर ग्लोभर शाननोन वाल्कर र जापानी शोइची नुगुची आज बिहान सकुशल पृथ्वीमा अवतरण गरेका हुन् । अन्तरिक्षबाट पृथ्वीसम्म आइपुग्न उनीहरुलाई ६ घण्टा लागेको थियो । 

 अमेरिकास्थित अन्तर्राष्ट्रिय अन्तरिक्ष संस्था नासाका अनुसार ६ महिनासम्म अन्तरिक्षमा रहेका थिए । फ्लोरिडाको तटीय गल्फ अफ मेक्सिकोको जलक्षेत्रमा आज बिहान २ बजेर ५६ मिनेटमा उनीहरुले अवतरण गरेका हुन् । अन्तरिक्षमा अझै अन्य ७ जना रहेका छन् । उनीहरु गतसाता मात्रै त्यसतर्फ गएका थिए ।  


प्रतिक्रिया