बंगलादेशमा डुंगा डुब्दा २६ जनाको मृत्यु

वैशाख २०, २०७८

बंगलादेशमा बालुवा बोकेको पानी जहाजसँग डुंगा ठोक्किँदा २६ जनाको मृत्यु भएको छ । ३६ जना यात्रु बोकेको सो डुंगा शिवचर शहर नजिकै पदमा नदीस्थित जहाजमा ठोक्किएको प्रहरीलाई उद्धत गर्दै अलजजिराले जनाएको छ । दुर्घटना लगत्तै २६ जनाको शव तथा ५ जना घाइतेको उद्धार गरिएको प्रहरीले जनाएको छ । 

बंगलादेशले कोरोना संक्रमण जोखिमका कारण देशव्यापी लकडाउन लगाउने त्रासमा रहेका यात्रु बोकेको सो डुंगा दुर्घटनामा परेको त्यहाँको उच्च सरकारी अधिकारीले जनाएका छन् । दुर्घटनास्थल नजिकै बंगलादेशले मूलुककै ठुलो सडक तथा रेलमार्गको पुल बनाउँदैछ । जसका कारण सो क्षेत्रमा फेरी तथा डुंगालाई कम गतिमा चलाउन आग्रह गरिँदै आएको छ । 


प्रतिक्रिया