भारतमा तेस्रो लहरको चेतावनी

एएनआई न्यूज 

वैशाख २२, २०७८ | काठमाडौं

भारत सरकारका प्रमुख वैज्ञानिक सल्लाहकार विजय राघवनले कोरोना संक्रमणको तेस्रो लहर सुरु हुने चेतावनी दिँदै सरकारलाई त्यसको लागि आवश्यक तयारी गर्न सुझाउनुभएको छ ।

 पछिल्लो समय बढ्दो क्रममा रहेको संक्रमणलाई विश्लेषण गर्दा भारतमा तेस्रो लहर निश्चित भएकोले सरकारले तत्काल आवश्यक सावधानी र तयारी गर्नुपर्ने राघवनले बताउनुभएको हो । 

दोस्रो लहर सुरु हुन लागेको भनि यसअघि वैज्ञानिकहरुले दिएको सुझावलाई सरकारले गम्भीर रुपमा नलिँदा पछिल्लो भयावह अवस्था आएको भन्दै राघवनले तेस्रो चरणका लागि भने सरकारले गम्भीरताका साथ त्यसको रोकथाम तथा नियन्त्रणका लागि रणनीति तय गर्नुपर्ने बताउनुभयो । 


प्रतिक्रिया