दिल्लीमा घट्यो संक्रमणदर

वैशाख ३१, २०७८ | काठमाडौं

भारतको राजधानी दिल्लीमा कोरोना संक्रमण पुष्टी हुनेको संख्या न्युन हुँदै गएको त्यहाँका मुख्यमन्त्री अरविन्द केजरीवालले बताउनुभएको छ । आज भर्चुअल पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री केजरीवालले गत अप्रिलमा ३६ प्रतिशत पुगेको संक्रमणदर आजसम्म आइपुग्दा १२ प्रतिशतमा झरेको बताउनुभएको हो । संक्रमितको संख्यामा कमी आएसँगै त्यहाँको अस्पतालमा बेडहरु समेत खाली हुँदै गएको छ । 

तथापी गम्भीर प्रकारका विरामी उपचारत आईसीयु वार्ड अझै खाली नभएकाले अवस्था खतरामुक्त भने नभएको मुख्यमन्त्री केजरीवालको भनाई छ । लकडाउनको कडा कार्यान्वयनले सो सफलता हात पारे पनि कोरोना विरुद्धको लडाईँ अझै पुरा नभएको उहाँले बताउनुभयो । दिल्लीवासीको अनुशासित आचरणले संक्रमणमा उल्लेख्य कमी आएको जनाइएको छ । 


प्रतिक्रिया