बालबालिकालाई तत्काल खोप नदिन डब्लुएचओको आग्रह

जेष्ठ १, २०७८ | काठमाडौं

विश्व स्वास्थ्य संगठन डब्लुएचओले बालबालिकाहरुलाई कोभिडविरुद्धको खोप तत्काल नलगाउन शक्ति राष्ट्रहरुलाई आग्रह गरेको छ । 

धनी मुलुकहरुलाई बालबालिकाको कोभिड विरुद्धको खोप कार्यक्रम तत्कालका लागि स्थगित गर्दै न्यून आर्थिक अवस्था भएका मुलुकलाई खोप प्रदान गर्न आग्रह गरेको छ । कोभ्याक्स कार्यक्रम अन्तर्गत खोप माथि हरेक मुलुकको समान पहुंच पुर्‍याउनु महत्वपूर्ण रहेको डब्लुएचओका अध्यक्ष टेड्रोस अधानोम घेब्रेससले बताउनुभएको छ । 

अन्तर्राष्ट्रिय स्तरको खोप वितरण अत्यन्तै असमान रहेको छ । गत डिसेम्बरदेखि सुरु भएको खोप कार्यक्रममा धनी राष्ट्रहरुले उल्लेख्य संख्यामा कोभिड विरुद्धको खोप लगाएपनि न्यून आर्थिक अवस्था रहेका मुलुक रित्तै छन् । 

मध्यम तथा न्युन आयम भएका मुलुकका स्वास्थ्यकर्मी सहितका फ्रन्टलाइनरले खोप नपाएको अवस्थामा बालबालिकालाई लगाउने जस्ता कार्यक्रममा पुनर्बिचार गर्न डब्लुएचओले आग्रह गरेको छ । अमेरिका र क्यानडाले १२ देखि १५ वर्ष उमेरका बालबालिकालाई खोप लगाउँदैछन् ।    


प्रतिक्रिया