न्यून तथा मध्यम आय भएका राष्ट्रलाई ईयूले १० करोड डोज खोप उपलब्ध गराउने

जेष्ठ ८, २०७८ | काठमाडौं

युरोपेली संघ ईयूले न्यून तथा मध्यम आय भएका राष्ट्रहरुलाई कोरोना भाइरसविरुद्धको १० करोड डोज खोप उपलब्ध गराउने भएको छ । जी –ट्वान्टी राष्ट्रका प्रतिनिधिहरु सम्मिलत विश्व स्वास्थ्य शिखर सम्मेलनलाई सम्बोधन गर्दै युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेनले कोरोना भाइरस संक्रमणको महामारीबीच खोपको पहुँचमा पुग्न नसकेका राष्ट्रहरुलाई खोप अनुदानमा उपलब्ध गराउने बताउनुभएको हो । 

सन् २०२१ को अन्त्यसम्ममा खोप उपलब्ध गराउने निर्णय भएको उहाँको भनाई छ । उहाँले भन्नुभयो, विश्वका सबै नेतृत्व स्वास्थ्यमा बहुपक्षीय र विश्वव्यापी सहयोग प्रति प्रतिबद्ध छन् । यसको मतलव कुनै निर्यात प्रतिबन्ध छैन, विश्वव्यापी आपूर्तिका चेनहरु खुला राख्दै जहाँ पनि उत्पादन क्षमता विस्तार गर्न सकिन्छ जसले महामारीसँग लड्न सरल हुनेछ । 


प्रतिक्रिया