मंगल ग्रहको सतहमा चीनको 'रोबोटिक रोबर' सफलतापूर्वक अवतरण

जेष्ठ ८, २०७८ | काठमाडौं

चीनले मंगल ग्रहको सतहमा रोबोटिक रोबर सफलतापूर्वक अवतरण गरेको जनाएको छ । स्थानीय समय अनुसार आज बिहान १० बजेर ४० मिनेटमा मंगल ग्रहको सतहमा रोबोटिक रोबर अवतरण गरेको चीनियाँ सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । योसँगै चीन मंगल ग्रहमा रोबोटिक रोबर सफलतापूर्वक अवतरण गर्ने दोस्रो मुलुक बनेको छ । 

यसअघि अमेरिकाले मंगलको सतहमा जुराङ्ग नामक रोबोटिक रोबर पुर्‍याएको थियो । चीनले पहिलो प्रयासमा पछिल्लो सफलता हासिल गरेको हो । सो रोबर २ सय ४० किलोग्रामको रहेको र यसले मंगल ग्रहको सतहको अध्ययन गर्नुका साथै प्राणी जीवन र पानीको लगायतको खोजी समेत गर्ने बताइएको छ । सो रोबोटिक रोबर ९० दिनसम्म मंगलको सतहमा रहनेछ । 


प्रतिक्रिया