एयर इण्डियाका ४५ लाख ग्राहकको डाटा लिक

जेष्ठ ८, २०७८ | काठमाडौं

भारतको राष्ट्रिय ध्वजा बाहक एयर इण्डियाले साइबर हमलाका कारण विश्वभर रहेका आफ्ना ४५ लाख ग्राहक प्रभावित भएको जनाएको छ । पासपोर्ट तथा टिकटको जानकारीका साथै क्रेडिट कार्डको डाटामा साइबर हमला भएको बीबीसीले जनाएको छ । तथापी क्रेडिट कार्डको सम्पूर्ण विवरण सीभिभि वा सीभीसी नम्बर सर्भरमा नराखिएको एयर इण्डियाले जनाएको छ । एयर इण्डियाले गत फेबु्रअरीमा पहिलो पटक साइबर हमला भएको जनाएको थियो । 

कसले हमला गर्‍यो भन्ने अझै नखुलेको जनाइको छ । सन् २०११ अगस्ट २६ देखि गत फेब्रुअरी २०सम्मका ग्राहकको विवरण आइबर आक्रमणमा परेको स्टार एलायन्स नेटवर्कको सदस्यले जनाएका छन् । साइबर हमला पश्चात सबै ग्राहकलाई एयरलाइन्सको वेवसाइटमा रहेको खाताको पासपोर्ट परिवर्तन गर्न आग्रह गरिएको थियो ।

हालसम्म कुनै पनि ग्राहकले आपराधिक गतिविधिको भने सामना गर्न नपरेको एयर इण्डियाले जनाएको छ । गत वर्ष ४ लाख ग्राहकको व्यक्तिगत विवरण तथा क्रेडिट कार्डमा साइबर आक्रमण हुँदा ब्रिटिस एयरवेजले २ करोड ६० लाख डलर जरिवाना तिरेका थियो । त्यस्तै गत वर्षनै, ९० लाख जना ग्राहकको विवरण साइबर आक्रमणमा परेको इजिजेटले जनाएको थियो ।     


प्रतिक्रिया